नमुना सामुदायिक बनको अध्यक्षमा दहाल निर्बाचत

0
161

विमल दहाल, इलाम ।

नमुना सामुदायिक बन माई-२ र ४ को अध्यक्षमा केशब दहाल (कोबित) निर्वाचित भएका छन्।

चार जनाको प्रतिस्पर्धा रहेको अध्यक्षमा निकटतम प्रतिस्पर्धी राम राईले भन्दा १ सय १२ मतले उछिन्दै दहाल विजयी भएका हुन्। दहालले २ सय ३२ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी राम राईले १ सय १० मत प्राप्त गरेका थिए।

चार जना प्रतिस्पर्धी रहेको अध्यक्ष पदमा खड्ग भट्टराईले ६८ र मिना राईले ११ मत प्राप्त गरेकी थिईन। त्यस्तै सचिवमा धन बहादुर कार्की २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका छन्। कार्कीका निकटतम प्रतिस्पर्धी जुनु राईले १ सय ३१ मत प्राप्त गरिन।

कोषाध्यक्षमा सुनिता परियार-२ सय ३८ मत ल्याउदै विजयी हुँदा निकटतम प्रतिस्पर्धी अम्बिका चौहानको १ सय ४४ मत प्राप्त भएको थियो। निर्बाचनमा कुल मतदाता ५ सय ४४ रहेकोमा ४ सय ४२ मत खसेको थियो। खसेको मतमा अध्यक्षमा १०, सचिव र कोषाध्यक्षमा ६/६ मत बद्धर भएको थियो भने अध्यक्षमा ४, सचिवमा ५२ र कोषाध्यक्षमा ४६ मतपत्रमा मतै नहाली मतपेटिकामा खसालिएको निर्बाचन समितिका सदस्य पृथ्वी तिम्सिनाले जानकारी दिए।

दक्षिणी इलामको सबै भन्दा ठुलो सामुदायिक बनका रुपमा चिनिएको नमुना सामुदायिक वनमा शनिबार मतदान भएको थियो। समिति गठनको प्रकृयामा अध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति नभए पछि निर्बाचन गर्नु परेको हो ।

यस अघि सहमति भएका पदमा बरिष्ठ उपाध्यक्षमा लक्ष्मण आले मगर, महिला उपाध्यक्षमा चन्द्रकला रेग्मी, सहसचिवमा सन्देश दियाली चयन हुनु भएको थियो। १३ सदस्यीय समितिको सदस्यहरुमा तारा चम्लागाई, पविमाया गिरी, रुपाल मगर, रुपा ढुङ्गाना, गोपीलाल आचार्य, कपिलमणि खनाल र नर बहादुर चोम्वाङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक भक्त बहादुर लुङ्गेलीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here