युवा संघद्वारा शहिद सहादत स्थलमा सरसफाई कार्यक्रम सम्पन्न

0
120

इलाम ।

शहिदहरुले सहादत प्राप्त गरेको इलामको माई नगरपालिकाको वडा नम्वर-४ को सुखानीमा शनिबार सरसफाइ कार्यक्रम गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी माईकाे आयोजन शहिद सहादत स्थलमा सरसफाई गरिएको युवा संघ माई नगर कमिटी अध्यक्ष कुमार लिम्बुले जानकारी दिनुभयो। सरसफाई कार्यक्रममा एमाले नेता, कार्यकर्ता,शुभेच्छुक लगायतको सहभागीता रहेको थियो।

तत्कालीन पञ्चायती शासनहरुले २०२९ साल फागुन २१गते झापा कारागारबाट इलाम जेल सार्ने क्रममा शहिदहरु रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र बीरेन राजबंशीको सुखानीमा हत्या गरेको थियो।

फाल्गुन-२१ को शहिद दिवसलाई मध्यनजर गरि शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष लिम्बले जानकारी दिनुभयो । शहिद दिवसको अबसरमा फाल्गुन-२१गते कम्युनिस्ट पार्टीहरुले बिबिध कार्यक्रम सुखानी सहादत स्थलमा गर्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here