झापामा सुत्केरीलाई तीन हजार !

0
114

शरणामती ।

मुलुकका अधिकांश पालिकाले सुत्केरी र शिशु स्याहारमा अलग–अलग कार्यक्रम ल्याएका छन् । झापाको झापा गाउँपालिकाले भने सुत्केरी महिलालाई पोषण भत्ता दिने गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई हजार रुपैयाँ पोषण भत्ता दिने गरेको गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८०मा भने एक हजार बढाएर तीन हजार बनाएको हो । आगामी दिनमा अझ यस कार्यक्रमलाई बढाउँदै लैजाने गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् ।

शिशुको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अनुसार भत्ता पाउने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख गौरब संग्रौलाले बताए । गाउँपालिकाले सामाजिक घटना दर्तामा गाउँबासीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको संग्रौलाको भनाइ छ ।

३५ दिनभित्र जन्मदर्ता गर्ने परिवारलाई बाल पोषणका लागिप्रति सुत्केरी सहायता तीन हजार रुपैयाँका दरले यस चालू आर्थिक वर्षमा संघीय सरकारको राजश्व बाँडफाँड शीर्षकबाट कूल १० लाख बजेट छुट्याइएको पोषण कार्यक्रमका फोकल पर्सन राजु उरावले बताए ।

गाउँपालिकाले गाउँबासीको हितमा निरन्तर कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । ‘हामीले जनतासँग जोडिन मानिस जन्मेदेखि मृत्यु हुञ्जेलसम्म आर्थिक सहायताको कार्यक्रम ल्याएका छौ– उनले भने– हामीले सुत्केरीलाई प्रसूति गराउन समेत दोहोरो एम्बुलेन्सको भाडा दिने गरेका छौ, यो सेवा लिन गाउँपालिका सिँधै आए हुने उनले जानकारी दिए ।

साहले गाउँबासीको मृत्यु संस्कारका लागि समेत सहायता रकम १५ हजार रुपैयाँ मृतकका परिवारलाई दिने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here