नेरेसो अर्जुनधारा उपशाखाको रक्तदान कार्यक्रममा २५ जना सहभागी

0
184

अर्जुनधारा ।

नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको आयोजनामा शनिबार झापाको अर्जुनधारा–७ स्थित मिलडाँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोग, स्थानीय नव युवा क्लबको सहयोग र सम्योग सम्वृद्धी बहुउद्देशयीय सहकारी संस्था शनिश्चरे सेवा केन्द्रको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उपशाखाका सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीले जीवनको २२औं पटक रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

जिल्लामा देखिएको रगत अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको उपशाखाका सचिव कमल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, ७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीलगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here