कडरिया बन्धुको १४ औं साधारणसभा सम्पन्न

0
162

सुरुङ्गा ।

कडरिया बन्धु सेवा समाज झापा–मोरङ शाखाको १४ औं साधारण सभा सम्पन्न भएको छ ।

शाखा अध्यक्ष वीरेन्द्र कडरियाको सभापतित्व र समाजका केन्द्रीय अध्यक्ष प्रभाखर कडरियाको प्रमुख आतिथ्यमा कनकाईधाम कोटीहोमस्थित कडरिया बन्धु सार्वजनिक भवनमा भएको कार्यक्रममा संस्थालाई आर्थिक, भौतिक लगायतको सहयोग पु¥याउने १६ जना बन्धुलाई सम्मान गरिएको थियो ।

निकट भविष्यमा आयोजना गरिने श्रीमद्भागवत सप्ताह महायज्ञका लागि अग्रिम रूपमा २० हजार १ सय रुपैयाँ सहयोग गर्ने मनमाया कडरिया र १० हजार रुपैयाँ सहयोग गर्ने गोपालप्रसाद कडरियालाई सम्मान गरिएको थियोे ।

त्यसैगरी, ताप्लेजुङ सिदिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया, सोही गाउँपालिकाका वर्तमान उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना), जिल्ला समन्वय समिति ताप्लेजुङका महिला सदस्य चन्द्रकला दाहाल (कडरिया), विर्तामोड नगरपालिकाका पूर्व जनप्रतिनिधि डी.आर. कडरिया, ज्येष्ठ सदस्यहरू सोममाया कडरिया, खड्गबहादुर कडरिया, पवित्रादेवी कडरिया, खड्गबहादुर कडरिया र आर्थिक सहयोग पु¥याउने भूमिराज कडरियालाई सम्मान गरिएको थियोे ।

त्यसैगरी, कार्यक्रममा कडरिया बन्धु सेवा समाज अमेरिका च्याप्टरका प्रतिनिधि हरिमाया कडरिया र चन्द्रलाल कडरियालाई पनि दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियोे ।

त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा कडरिया बन्धुका छोराछोरीमध्ये सामुदायिक विद्यालय तर्फबाट सुकुना मावि सुन्दरहरैंचा मोरङबाट ३.१० जीपीए ल्याउने सोनिका कडरिया, संस्थागत विद्यालय तर्फबाट पाथीभरा अङ्ग्रेजी मावि दमकबाट ३.६० जीपीए ल्याउने समीक्षा कडरिया र सेन्ट जेभियर्स देउनिया झापाबाट २.८५ जीपीए ल्याई सफल हुने जेनिसा कडरियालाई जनही नगद ४ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे ।

कार्यक्रममा अध्यक्ष वीरेन्द्र कडरियाले गत वर्षको समीक्षा र आउँदो वर्षको भावी कार्ययोजना र कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन, सचिव विक्रमविकास कडरियाले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष लयप्रसाद कडरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्षले कडरिया बन्धु भवन निर्माण कार्यलाई पूर्णता दिने, निकट भविष्यमा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना गर्ने, बन्धुहरूमा भाइचारा, सहकार्य, एकता र आपसी सम्बन्ध थप सशक्त र मजबुत बनाउने योजना अघि सारेका थिए ।
त्यस्तै, उद्गमस्थल लमजुङको धमिलीकुवा आँपचौर रहेका अत्रिगोत्रीय कडरियाहरूलाई तत्कालीन गोर्खाली राजाहरूले भारदार, पुरोहित लगायतका पदमा नियुक्त गरेको इतिहासमा अङ्कित रहेको अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेका छन् । सबै प्रतिवेदन साधारणसभाको बन्द सत्रले छलफल गरेर पारित गरेको थियोे ।

कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष नबलकिशोर दत्तको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा कडरिया बन्धु सेवा समाज रामेछापका पूर्व अध्यक्ष खडानन्द कडरिया, झापा–मोरङ शाखाका पूर्व अध्यक्ष गणेश कडरिया, सम्मानित व्यक्तित्वहरू पूर्व जनप्रतिनिधि नरबहादुर कडरिया, वर्तमान जनप्रतिनिधि कृष्णकुमारी कडरिया, अमेरिका च्याप्टरका प्रतिनिधि चन्द्रलाल कडरिया लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा सेवीका कडरियाले नृत्य, अपेक्षा कडरियाले गीत र पूर्णिमा सुवेदीले कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन झापा–मोरङ शाखा सचिव विक्रमविकास कडरिया र पूर्व झापा–मोरङ शाखा सचिव एवम् हाल केन्द्रीय परिषद् सदस्य कमलप्रसाद कडरियाले संयुक्तरूपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here