बीनाको सांगीतिक यात्रा

0
214

बुवा मनप्रसाद भट्टराई र आमा अम्बिकादेवी गौतमको कोखबाट कान्छी सन्तानको रुपमा ताप्लेजुङमा जन्म भई झापा दमक–९ सानो बाह्रघरे स्थायी निवासी गायिक बीना भट्टराई विगत १२ वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाइ नेपाली गीत–संगीतमा अनवरत रुपमा लागीरहेकी छिन् ।

उनले झापा सानो बाह्रघरेस्थित पाणीनी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । सानैदेखि संगीत क्षेत्रमा लगाव भएकी बिनाले काठमाडौं गएपछि संगीत यात्रालाई थप गति दिइन् । संगीत क्षेत्रमा लाग्न उनकी आमाले हौसला प्रदान गरेको बीना बताउँछिन् । बीनाले आफ्नो भविष्यको कुनै सपना बनाउन नपाउँदै तिमी गायिका नै बन्नुपर्छ, अनि मेरो सपना पूरा गर्नुपर्छ भनेर आमाले भनेको अहिले पनि सम्झिन्छिन् ।

बीनालाई त्यो बाटो अनि आमाको सपना आफैमा प्रिय लाग्ने र आमाकै सपना पूरा गर्न आफ्नो गन्तव्यतिर लागीन् । सानैदेखि विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने बीना सधैँ प्रथम नै हुन्थिन् । काठमाडौं पुगेर गुरु चण्डीप्रसाद काफ्लेसँग श्री संगीत पाठशालामा संगीत सिक्न थालिन् । गायिका बीना भट्टराईले अहिलेसम्म सयौं गीतहरुमा आवाज दिइसकेकी छन् ।

भट्टराईको पहिलो गीत झुक्याएर पासो थापी… रहेको थियो । उनका अन्य गीतहरु बुढेशकालको लौंरी, सुन्तलाको फूल, साइँला, छक्के परे, जाम्ला भागेर, चुलबुले कान्छी लगायतका गीतहरुले चर्चा पाएका छन् । उनले छायावती तीज म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, राष्ट्रिय रापती म्युजिक अवार्ड २०७५ अनि राष्ट्रिय राजती म्युजिक अवगार्ड २०७९ लगायतका अवार्डहरु प्राप्त गरिन् ।

भट्टराई शब्द लेखनमा पनि उत्तिकै सक्रिय छिन् । उनले लेखेका गीतहरु मध्ये साडी मलमल बोलको गीत चर्चामा छ । गायन क्षेत्रमै लागीरहेकी बिना हाल त्रिभुवन विश्व विद्यालय ललितकला क्याम्पसमा संगीत विषयमा नै स्नातक तहमा अध्ययरत् छिन् ।

प्रस्तुति : विष्णु श्रेष्ठ (कुल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here