कर सम्बन्धी अभिमुखीकरण

५ चैत्र २०७९, आईतवार मा प्रकाशित

बिर्तामोड।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाको आयोजनामा कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्याब्सन झापाको आयोजनामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरले सहजीकरण गरेको थियो । प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कर अधिकृतद्वय सुरेश महतो र भीमप्रसाद आचार्यले निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने कर सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएका थिए । झिलझिलेस्थित वाटर किङडम पार्क रिसोर्टमा भएको कार्यक्रममा जिल्लका निजी विद्यालयका शिक्षकहरुको सहभागिता रहेको प्याब्सन झापाका कार्यालय सचिव पदम ओलीले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here