स्वर्णलक्ष्मी सहकारीको विविध कार्यक्रम

0
103

झिलझिले ।

झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले झिलझिले सेवा केन्द्रमा एकै दिन चारवटा कार्यक्रम आयोजना गरेको छ ।

सहकारीले सदस्य शिक्षा, आँखा सिविर, सम्मान र विद्यार्थीलाई ब्याग वितरण गरेको हो । सहकारीका सदस्यको समस्या स्वर्णलक्ष्मीको समाधान भन्ने मूल ध्येयका साथ संस्थाको स्थापना भएको थियो ।

स्वर्णलक्ष्मीका सदस्यलाई सहकारीको वित्तिय कारोबार, उनिहरुको आँखाको परिक्षण, विद्यार्थीलाई झोला वितरण र संस्था संग अनुसासित ढंगबाट कारोबार गर्ने सदसयलाई सम्मान गरिएको झिलझिले सेवा केन्द्रका प्रमुख कमलकुमार घिमिरेले जानकारी दिए ।

सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष बुद्धीसागर बरालका अनुसार कार्यक्रममा संस्थाले चालु आवको यो अवधि सम्ममा गरेको सफलताको बारेमा पनि सदस्यलाई जानकारी गराईएको थियो ।

उनले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्य र कारोबारका बारेमा सदस्यले जानकारी राख्नुजरुरी रहेको बताउँदै यो कार्यक्रमको आयोजना गरिएको बताए । सहकारीले सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक लगयतका समस्या समाधानका लागि संस्थाले महत्वपुर्ण भुमिका खेलिरहेको उनले बताएका छन् । संस्थाको मुल खम्बाको रुपमा स्थापित हुन उनले सदस्यलाई आग्रह गरे ।

हाल ८ हजार २ सय ७९ सदस्य रहेको सो संस्थालाई अघि बढाउनका लागि विभिन्न उपसमिति गठन गरि संस्था अघि बढेको छ । ४ वटा सेवा केन्द्र रहेको सो सहकारीमा १२ करोड चुक्ता पुँजी रहेको छ भने १२० करोडको कारोवार संस्थाले गरिरहेको छ ।

कार्यक्रममा सदस्यका लागि आँखा सिविर समेत आयोजना गरिएको थियो । बिर्ताज्योती आँखा अस्पताल प्रालि दमकको प्राविधिक सहयोगमा भएको सिविरमा ८५ जनाले आँखाको परिक्षण गराएका थिए ।
सो कार्यक्रममा संस्था संग नियमित र वित्तिय अनुसानमा रहेर कारोवार गर्ने ४ जनालाई सम्मान गरिएको थियो । लक्ष्मी माया सम्बाहाम्फे, शुर्यकुमारी राजबंशी, बलराम थपलिया र श्यामकुमारी सुब्बालाई सम्मान गरिएको थियो ।

यस्तै झिलझिले माध्यमिक विद्यालयका २५ जना गरिव तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी किताव राख्ने झोला वितरण गरिएको थियो । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको थियो ।

संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले संचालन गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष यामनाथ काफ्ले, उपाध्यक्ष कृष्ण खरेल, झिलझिले माध्यमिक विद्यालयका खेमराज निरौला, सहकारीका प्रशासन अधिकृत धुव अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here