सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
126

कमल ।

सवारी दुर्घटनामा एक जना व्याक्तिको मृत्यु भएको छ ।

पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा–४ सितापुरीमा मंगलवार राती सवा दश बजे भएको सवारी दुर्घटनामापरी एक जना पुरुषको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे.१ ज १९४२ नम्वरको वोलेरोले ठक्कर दिई घाईते भएका झापा कमल गाउपालिका वडा नम्वर. ५ निवासी वर्ष ४० का चन्द्र बहादुर राई रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।

मृतकको शवलाई पोष्र्टमार्टमकालागी दमक अस्पतालको शव गृहमा राखिएको छ भने ठक्कर दिने गाडि सो गाडीका चालक ईलाम नगरपालिका २ निवासी बर्ष ३२ का पेम्बा तामाङलाई नियन्त्रणमा लिएर थप अनुशन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकमा पठाईएको चौकीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here