प्रशान्ति एजुकेशन फाउण्डेशनमा निःशुल्क स्वाथ्य शिविर

0
71

झापा ।

 

Doctor.

झापाको बिर्तामोड ८ मा रहेको प्रशान्ति एजुकेशन फाउण्डेशनले एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

बिर्तामोड ८ मा रहेको एजुकेशन फाउण्डेशनले त्यस क्षेत्रमा रहेका गरीव निमुखा तथा विभिन्न् संघ संस्थाका साथै पूर्व विद्यार्थी तथा अभिभावकहरुको सहभागीतामा सचेतना मूलक कार्यक्रम साथै स्वास्थ्य शिविर सम्पन्न गरेको कार्यक्रम संयोजक लेखनाथ सिग्देलले जानकारी दिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको जनाइएको छ ।

बिर्तामोडस्थित विर्ता सिटी अस्पतालका डा. सुदीप भट्टराई, बिर्तामोड आँखा अस्पतालका आखा रोग विशेषज्ञ विनोद दाहाल, हिमालय डेन्टलका डा आशिष भण्डारीले स्वास्थ्य शिविरमा सेवा प्रवाह गरेको प्रशान्ति एजुकेशन फाउण्डेशनले जनाएको छ ।

स्वास्थ्यसंगै शिक्षाको गुणस्तरीयतालाई ध्यान दिएर नयाँ शैक्षिक सत्रमा विद्यार्थीको सर्वाङ्गिण विकास साथै शैक्षिक गुणस्तर कायम राख्न स्वास्थ्य शिविर प्रवावकारी बनेको विद्यालयका प्रिन्सिपल रहमल अन्सारीले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here