अर्जुनधारा–४ मा रक्तदान कार्यक्रम

0
83

बिर्तामोड ।

नेपाली कांग्रेस वडा समिति अर्जुनधारा–४ को आयोजनमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–४ स्थित ककुवालीको दुर्गा मन्दिर प्राङगणमा भएको रक्तदान कार्यक्रममा एक जना महिलासहित २० जनाले रक्तदान गरेका छन् । नेपाली कांग्रेस वडा समिति अर्जुनधारा–४ का सभापति खेम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, अर्जुनधारा–४ का वडाध्यक्ष अम्मर कटुवाल, नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेल, अर्जुनधारा रेडक्रस सभापति कृष्णप्रसाद भट्टराई लगायतको आातिथ्य रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुले मानवीय सेवाका लागि गरिएको रक्तदान अत्यन्त राम्रो कार्य भएको भन्दै प्रशंसा गरे । अन्तराष्ट्रि श्रमिक दिवसको अवसर पारेर नेपाली काांग्रेस अर्जुनधारा–४ ले रक्तदान कार्यक्रम गरेको नेपााली काांग्रेस अर्जुनधारा–४ का क्षेत्रीय प्रतिनिधि सुनिल विश्वकर्माले जानकारी दिए ।

नेपाली कांग्रेस वडा समिति अर्जुनधारा–४ का क्षेत्रीय प्रतिनिधि वेदप्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा समिति अर्जुनधारा–४ सचिव उद्धव कुँवर र कांग्रेस नगर सदस्य लक्ष्मी भट्टराईले गरेका थिए । रक्तदाान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here