विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण

0
83

झापा ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले गत शैक्षिक वर्षको समीक्षा गर्दै प्याब्सन, एनप्याब्सनले संस्थागत निर्णय पालना गराउन नसकेकोमा ध्यानाकर्षण गरेको छ ।

नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश विद्यालयहरूले प्याब्सन, एनप्याब्सनको निर्णय समेत पालना नगर्दा सार्वजनिक विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण गर्दै यस शैक्षिक वर्षमा विगतका गल्ती सच्याएर संस्थागत विद्यालयलाई संस्थागत बनाउन प्याब्सन, एनप्याब्सनलाई आग्रह गर्ने निर्णय गरेको छ ।

भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश संस्थागत विद्यालयले श्रम ऐन अनुसार शिक्षक कर्मचारीलाई न्यूनतम् पारिश्रमिक दिन अस्वीकार गरिरहेको, नियुक्ति–पत्र नदिइ काम लगाइ रहेको, योग्यता अनुसार जिम्मेवारी दिन अस्वीकार गरिरहेको, शैक्षिक वर्षको शुरूमै विद्यालयहरूद्वारा शुल्क बृद्धि गरिए पनि शिक्षक कर्मचारीको तलव ६ महिनापछि मात्र सामान्य बृद्धि गर्ने या विभिन्न बाहनामा तलव नै नबढाउने, सामाजिक सुरक्षा कोषमा जान अस्वीकार गर्ने, शुक्रवार कक्षा सञ्चालन सम्बन्धी गरिएको आधा बिदा सट्टा विदाका रूपमा पालना नभएको, हिउँदे तथा वर्षे बिदा कटौती जस्ता कार्यले प्याब्सन, एनप्याब्सनको संस्थागत निर्णय पालना नभएको बैठकको ठहर छ ।

बैठकले भद्रपुर नगर समितिको दोस्रो नगर अधिवेशन २०८० जेठ १५ गते गर्ने निर्णय गर्दै नगरभित्र संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीलाई अधिवेशनमा सहभागिता जनाउन आव्हान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here