गजल

0
264

आँखामा गाजल लगाई नहिँड
श्रृङ्गारी हलचल मच्चाई नहिँड ।

चन्द्रमा साँझमा झुल्किन बिर्सेला,
हाँसको चालमा मुस्काई नहिँड ।

हेर त घामले हेरेको हेरै छ,
पातलो पछ्यौरी उडाई नहिँड ।

हिँड्ला है पिछाडि लागेर शिकारी,
कस्तुरी वासना फैलाई नहिँड ।

वृद्धको ढल्केको उमेर फर्केला,
लाजका गहना देखाई नहिँड ।

बैँशको रापले आउला विपत्ती,
नशालु नजर जुधाई नहिँड ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here