वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

0
125

युद्धबहादुर बोहोरा,
पाँचथर।

जिल्लाका चार स्थानीयतहमा सुरक्षित आप्रवासन ‘सामी’ परियोजना लागू भएको छ । फिदिम नगरपालिका, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा विगत चार वर्षदेखि परियोजना लागू भएको हो ।

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित चारवटै स्थानीय तहका समुदायमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन साथै वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदार र तिनका परिवार लाभान्वित हुन् भन्ने मुख्य उद्देश्यले परियोजना सञ्चालन भएको हो । सही सूचना र सीप लिएर मात्रै विदेश जानुपर्ने, वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानूनी उपचार तथा यस सम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको लक्ष्य रहेको छ ।

सुरक्षित आप्रवासन कार्यक्रम ‘सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र’ फिदिम पाँचथरको प्राविधिक सहयोगसहित स्थानीय तहमा सहजीकरण गरेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले फिदिम नगरपालिकामा सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक अगुवा र विषयगत शाखाबीच अन्तरक्रिया सम्पन्न गरेको छ भने मिक्लाजुङ, फाल्गुनन्द र फालेलुङ गाउँपालिकामा सामाजिक अगुवा, जनप्रतिनिधिसँग र सामुदायिक अभिमुखीकरण साथै गहन अभिमुखीकरण गरिरहेको छ ।

कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी थाह पाउनैपर्ने न्यूनतम कुरा, सहयोगी संस्थाबारे जानकारी, सीप तालिम सम्बन्धी ज्ञान लगायतमा स्थानीय तहका समुदायमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण शुरु गरेको सामी कार्यक्रम संयोजक क्षोमाया तामाङले जानकारी दिइन् ।

जिल्लाका चार स्थानीय तहमा सञ्चालित उक्त अभिमुखीकरण सामी हेल्भेटास कार्यक्रमका अधिकृत रोहित विश्वकर्माले सहजीकरण गरिरहेको उनले बताइन् । यसैबीच, फाल्गुनन्द गाउँपालिकामा पनि अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्य तथा उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ, निमित्त प्रशासकीय अधिकृत निर्मल अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

वैदेशिक रोजगारीमा दक्ष बनेर चाहेको मुलुकमा कानूनी प्रक्रिया पूरा गरेर गएमा कसैलाई झन्झट र तनाव नहुने अतिथिले सुझावसहितको मन्तव्य राखेका थिए । उनीहरुले वैदेशिक रोजगारमा जान रहर होइन बाध्यता, जानै परेमा परामर्श लिनुपर्ने आवश्यकता जरुरी भएको बताए ।

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विषयगत शाखाहरुको सहभागितामा अभिमुखिकरण सम्पन्न गरिएको फाल्गुनन्द गाउँपालिका मनोसामाजिक परामर्शदाता उमा राईले जानकारी दिइन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागत कम गर्दै लैजाने क्रममा परामर्शकर्ता राईले बताइन् । कार्यक्रम वित्तीय सहजकर्ता रोशन रिजालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here