वन क्षेत्र अतिक्रमण गरी कृषि बजार बनाएपछि …

0
77

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको कानेपोखरी गाउँपालिका– ७ स्थित जनजागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरेर गाउँपालिकाले कृषि बजारको लागि पक्की संरचना बनाएको छ ।

वनको करिब चार कठ्ठा जग्गा अतिक्रमण गरी कानेपोखरी गाउँपालिकाले कृषि बजारको लागि दोस्रो चरणको संरचना बनाउन सुरू गरेको हो । गाउँपालिकाले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ४९ लाख ८४ हजार रुपैयाँ लागतमा कृषि बजारको लागि संरचना निमार्ण भइरहेको थियो ।

पहिलो चरणमा आर्थिक वर्ष २०७८–०७९ मा एसएनए निमार्ण सेवा दुहबी सुनसरीले २५ लाख ३ हजार ६३ रुपैयाँमा ४३ दशमलव ५ वर्गमिटरको दुई वटा टहरा निमार्ण गरेको छ । युपिभिसीको छानासहित ट्रस्ट २०७९ असार मसान्तमा सम्पन्न भएको थियो।

पुनः क्रमागत बजेट आएपछि २०७९–०८० मा पनि कृषि बजारको अधुरो संरचना निमार्णको लागि २४ लाख ८४ हजार २३८ रुपैयाँ एसएनए निमार्ण सेवा दुहबीले पुनः ठेक्का पाएको छ । वैशाख २६ गते सम्झौता भएपछि निमार्णको काम सुरु भएको थियो ।

जंगल अतिक्रमण गरेर गाउँपालिकाले संरचना बनाउन थालेको भन्दै सव डिभिज वन कार्यालय कानेपोखरीले निमार्ण कार्य रोकिदिएको छ । सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख महमद अलाउदिनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचनाहरु निमार्ण गर्न थालेपछि शुक्रबारदेखि काम रोकिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here