लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा

0
118

काठमाडौँ,

सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पुर्‍याएको छ ।

गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र यस प्रक्रियामा देखिएका चुनौती’ विषयक कार्यक्रममा यस क्षेत्रका समस्या समाधानका लागि नयाँ नीति तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।

कार्यक्रममा मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव विश्वमित्र कुइँकेलले २०६३ को नीति पुरानो भएकाले नयाँ तर्जुमा गरिएको जानकारी दिनुभयो । उहाँले केही महिनामा नयाँ नीति सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रणका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले ‘समुदाय प्रहरी साझेदारी’का माध्यमबाट लागुऔषध नियन्त्रणका विषयमा देशभर जनचेतना जगाउन सफल भएको जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here