कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ

0
54

कचनकवल ।

झापाको कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ स्थित सितागढी घर भएका अन्दाजी २० वर्षीय उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ वर्षीय ज्ञानबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई कचनकवल-७ स्थित बालुबाडीबाट पक्राउ गरिएको हो । शनिवार राति ११ बजेको समयमा फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरूलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनियानीलाई जिम्मा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here