गैडे सामुदायिक बनका पदाधिकारी पक्राउ

0
134

झापा,
बन कार्यालयबाट अख्तियारी नलिएको काठ बिक्री वितरण गरेको आरोपमा झापाको शिवसताक्षी १० मा रहेको गैडे सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी पक्राउ परेका छन् ।
इलामको चुलाचुली सेक्टर बन कार्यालयबाट खटिएको टोलीले समुहका उपाध्यक्ष राम लावती र कोषाध्यक्ष रविन न्यौपानेलाई विहीबार पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई सेक्टर बन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको सो कार्यलयका प्रमुख सत्यराम प्रजापतिले बताए ।
जिल्ला बन कार्यालय इलामबाट विक्रि आदेश नदिएको काठ उपभोक्तालाई विक्री गरेको आरोप सो सामुदायिक वनलाई छ । कार्यालय प्रमुख प्रजापतिका अनुसार सुरुमा बन कार्यालयले छप्पान आदेश दिनु पर्छ । त्यसपछि टुन टुना, चिरान आदेश दिएको हुन्छ । यी सबै प्रकृया पुरा गरेपछि बिक्री आदेश र छुट पुर्जी बन कार्यालय बाट लिनु पर्छ । तर उहाँहरुले बिक्री र छुट पुर्जी आदेश नलिई विक्रिगरेको पाईएकोले नियन्त्रणमा लिइएको हो ।
कार्यालय प्रमु्ख प्रजापतिका अनुसार पक्राउ परेका पदाधिकारी संगै बन कार्यालयको टोलीले को १ च ७५०५ नम्बरको बोलेरो जिप र २६ं।६२ क्युफिट चिरान काठ पनि बरामद गरेको छ । बन कार्यालयले खाखु जातको खुख्खा रुख कटानको आदेश दिएको थियो । बरामद भएको काठ साखु जस्तो नदेखिएकोले पक्राउ परेका सबैलाई अनुसन्धानका लागि राखिने प्रजापतीले बताए ।
सो सामुदायिक बनका अध्यक्ष नरवहादुर थपलिया भ्रमणमा छन् । उनलाई पनि नियन्त्रणमा लिइने जिल्ला बन कार्यालय इलामले जनाएको छ । अध्यक्ष थपलिया माई नगरपालिकाको नेतृत्वमा पश्चिम नेपालको भ्रमणमा रहेको गैडे सामुदायिक बनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here