अर्धचेत अवस्थामा भेटिएकी महिला ४८ घण्टा पछि माइतीघर

0
86

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे २ मा बिहीबार अर्धचेत अवस्थामा फेला परेकी वेवारिसे महिलालाई शुक्रबार बेलुका आफन्तको जिम्मा लगाएको छ।

हिजो बेलुका ८ बजेतिर पथरी शनिश्चरे न.पा २ सिर्जना चोक स्थित तत्काल घर दोमना मात्र भनेकी तर नाम वतन नखुलेको , तराईबासी जस्तो देखिने बेबारिसे महिलालाई उद्धार गरी नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

अर्धचेत अबस्थामा स्थानियले देखी ईलाका प्रहरी कार्यालय पथरीमा जानकारी गराएका थिए। तत्कालै खटिएको प्रहरी टोलीले उपचारको लागि नगरअस्पताल पथरी पठाई उपचार गरेको थियो।उपचार पछि मोरङको ईटहरा ८ बस्ने मदन सतारको श्रीमती मुना सतार भनेकी थिइन्। निजको माईती रंगेली न.पा.-८ दोमुनामा रहेकोले निजकै आफन्त भाउजु हेमरन सतारलाई झिकाई प्रहरी चौकी रमाईलो मोरङ मार्फत जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

अस्तिको दिन बुधबार बिहानै दोमुनामा बस्दै आएका आफ्नो दाजु भेट्न घरमा १ छोरी, श्रीमान् र सासुलाई छोडेर माईती हिडेकी उनी दुई दिन बाटो भुलेर पथरीशनिश्चरे आई पुगेकी थिइन्। उनलाई प्रहरीले ४८ घण्टा पछि माईतको घर परिवारलाई जिम्मा लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here