नागरिकता प्रमाणीकरणविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश शर्माको बेन्चमा

0
44

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत ‘मृत’ नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको  सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेस गरेको रिट अदालतले गत शुक्रबार दर्ता गरेको थियो।

रिटमा राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयकलाई कानुनको अंग नबनाउन माग गरिएको छ। रिटमा राष्ट्रपतिले गरेको प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। प्रमाणीकरण विधेयकको सुनुवाइ न्यायायाधीश डाक्टर मनोजकुमार शर्मा को बेन्चमा परेको छ।

यसैबीच संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। तर, केही प्रमुख जिल्ला अधिकारीले नागरिकता वितरणका लागि गृहले परिपत्र नै जारी गर्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here