सुरुङ्गा ।

तराईकै पहिलो सामुदायिकवनका रुपमा स्थापितकनकाई सामुदायिकवनमाफोहोर फाल्नेलाई अब १० हजार जरिवानागरिने भएको छ ।
‘प्लास्टिकजन्य प्रदूषणनिर्मूल पारौं, वातावरण मैत्रीविकल्पको उपयोग गरौं’भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा कनकाई सामुदायिक वन परिसरमा आयोजना गरिएको सरोकारवाला सहितको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वन क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने बताए ।
वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं, वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदी, कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख याम राना, सल्लाहकार सदस्य हरिभक्त सिटौला लगायतले सम्बोधन गर्दै वातावरण संरक्षण एवम् प्रवद्र्धनका लागि फोहोरमैला व्यवस्थापन प्रमुख विषय भएको भन्दै अभियानलाई निरन्तरतादिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यएवं फोहोर व्यवस्थापन संयोजक गणेश पोखरेलले औचित्य सहित स्वागत गरेको कार्यक्रममा जनप्रतिनिधिहरू, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, वन समूहका पदाधिकारी तथा सदस्यहरू, बजारवासी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालनवन समूहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।































