देवभूमी अंग्रेजी विद्यालयमा स्वास्थ्य शिविर

0
43

अर्जुनधारा

झापा अर्जुनधारा नगरपालिका–५ को देवभूमी अंग्रेजी विद्यालयमा दाँत र आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोटरी क्लब अफ मिडटाउन बिर्तामोड, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन र इन्टर्याक्ट क्लब अफ देबीमूमीको संयुक्त आयोजनामा सोमबार स्कुलमा दाँत तथा आँखा शिविर भएको हो ।

न्यू हिमाल डेन्टल केयर र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिबिरमा चार सय ८० जना बिद्यार्थीको दाँत र आँखा परिक्षण गरिएको स्कुल सञ्चालक समितिका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए । उनले पछिल्लो समय मोबाइल फोन र टेलिभिजनको अध्यधिक प्रयोगका कारण आँखामा समस्या र अखाद्य पदार्थहरु खानाले दाँतमा समस्या हुने भएकाले दाँत र आँखा स्वास्थ्य शिविर गरिएको जानकारी दिए ।

आँखा परिक्षण गरिएका मध्ये ३५ जना बिद्यार्थीमा आँखा एलर्जी, दृष्टिदोष, सुक्खापन, टेढो आँखालगायतको समस्या देखिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक रञ्जु अर्यालले जानकारी दिइन् । त्यस्तै दाँत परिक्षण गरिएका मध्ये एक सय ७५ जनामा दाँतको समस्या देखिएको न्यू हिमाल डेन्टलका डा। आशिष भण्डारीले जानकारी दिए ।

दाँतको न्यू हिमाल डेन्टल केयरका डा। आशिष भण्डारी नेतृत्वको टोलीले परिक्षण गरेको थियो भने आँखाको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक रञ्जु अर्याल नेतृत्वको टोलीले परिक्षण गरेको थियो ।

बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले यस बर्ष १७ वटा बिद्यालयमा अस्पतालले आँखा स्वास्थ्य शिविर गरिसकेको र अन्यमा पनि गर्ने बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत शिविर सञ्चालन गरेकोजानकारी दिए ।

नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने देबभुमीमा हाल ५ सय ६५ बिद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सन्तोष पौडेलले जानकारी दिए । २०६४ सालमा स्थापना भएको स्कुलमा शिक्षक, शिक्षिका र कर्मचारी गरेर ३७ जना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here