अर्जुनधारा प्रेस क्लबको भवन निर्माण हुने

0
64

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा रहेको क्रियाशिल पत्रकारहरुको संगठन अर्जुनधारा प्रेस क्लबको भवन निर्माण हुने भएको छ ।

अर्जुनधारा–८स्थित क्लबको जग्गामा शुक्रबार आयोजित एक कार्यक्रमकोबिच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले भवन निर्माण स्थलमा भूमिपुजन गरेका थिए ।

गत जेठ २७ गते सम्पन्न नगर कार्यपालिकाको बैठकबाट क्लबको भवन निर्माण गर्न पाँच लाख रुपैयाँ बजेट निर्णय भएपछि भवन निर्माणको कार्यलाई अगाडि बढाइएको क्लबका अध्यक्ष रमेश समदर्शीले जानकारी दिए ।

भूमिपुजनपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख तामाङले अर्जुनधारा प्रेस क्लबलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी अर्जुनधाराका अध्यक्ष अर्जुन मेचे, नगर कार्यपालिका सदस्य गोविन्दप्रसाद खतिवडा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखिया सुनुवार, क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, सल्लाहकार संयोजक दिपीन राई, जग्गादाता कृष्ण बराललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here