सानिमाई सहकारीको ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्व सचिव पक्राउ

0
65

इलाम,

इलाममा सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ६ बस्ने ४५ वर्षीय वेदनिधि पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पोखरेलले श्री सानिमाई चिया उत्पादन सहकारी संस्थाको पूर्व सचिव तथा व्यवस्थापक रहँदा आर्थिक रकम हिनामिना गरेको आरोप लागेको छ ।

उनले ४२ लाख ६३ हजार ५३६ रुपैयाँ १३ पैसा ठगी गरेको भनी संस्थाका अध्यक्षले दिएको जाहेरीको आधारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here