इलामको पशुपतिनगर नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द

0
61

सुनिता राई,
इलाम ।

इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुनलागेको पञ्चायत जनरल निर्वाचनका लागि नाका बन्द गरिएको हो ।

बिहीबार साँझदेखि नाका बन्द गरिएकाले आवतजावत ठप्प भएको छ । यो नाका तीन दिनका लागि बन्द गरिएको इलामका प्रमुख जिल्लाअधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

दार्जिलिङ जिल्लामा जुलाई ८ तारिखमा ‘पञ्चायत जनरल इलेक्सन’ हुँदैछ ।चुनाव सम्पन्न भएपछि जुलाई ८ तारिख बेलुका ५ बजेबाट नाकाखुल्ला हुने पोख्रेलले बताए ।

नेपाल वा भारतमा चुनाव हुँदा यसअघि पनि सीमा नाका बन्द गरिँदै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here