जेसीज गाँउमा वीरता लेडी जेसीजको मेहेन्दी उत्सव

0
155

बिर्तामोड ।

साउनमा अधिकांश महिलाका हातमा मेहेन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिनाको रुपमा लिने गरिएको छ ।

नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ । हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको पाइएको छ ।

हरियो रंगमा अधिकांश महिलाहरु सजिने भएकाले वीरता लेडी जेसीजले झापाको बिर्तामोड–७ स्थित वीरता लेडी जेसीजले संरक्षण गरेको जेसीज गाँउका आमा, दिदीबहिनीहरुसंग साउन महिनाको प्रतिकको रुपमा रहेको हरियो चुरा, पोते, टिका तथा मेहन्दी लगाएर साउन महिनाको मेहनदी कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजनक मुना ढुङगेलले बताइन् ।

सो स्थानमाा रहेका ३५ घरका आमा, दिदीबहिनीहरुसंग सामूहिक रुपमा मेहेन्दी लगाउँदै मेहेन्दी उत्सव गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् । बिर्ताामोड–७ की वडासदस्य लता विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आजीवन सदस्य शिला ढकाल, पूर्वअध्यक्ष सरु भूर्तोल खनाल, संगीता चिमरिया लगायतको आतिथ्य रहेको थियो ।

वीरता लेडी जेसीजकी अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकला सिजालाले आस्था बाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन् । मेहेन्दी कार्यक्रममा विभिन्न ब्यूटी पार्लर तथा कस्मेटीक सेन्टरले साउन महिनाका सामग्री उपलब्ध गराएको जनाइएको छ ।

मेहेन्दी कार्यक्रममा सहभागि महिला दिदीबहिनीहरुले वीरता लेडी जेसीजको यो कार्यक्रमको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here