घर-घरमै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहायता

0
67

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ०७ का दुई जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

शनिबार पथरीशनिश्चरे ०२ मा रहेको लर्ड बुद्ध साकोस र सोही साकोसमा यूवा पत्रकार गोपाल काफ्लेद्वारा स्थापित अक्षय कोषबाट एक छात्रा र एक छात्र गरी दुई जनालाई घर घरमै पुगेर छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो।

वडा नं ७ स्थित आफ्नी फुपु सीता गिरीको घरमा बसेर चन्द्र किरातेश्वर माविमा अध्ययन गरी एसईई परीक्षामा उत्रिर्ण छात्रा एसान गिरी र जाना विशुङ्खे विकलाई आगामी दिनहरुमा उज्वल शिक्षाको लागि जनही १५ हजार रुपैयाँको दरले रकम संस्थाको अध्यक्ष धनराज राई अमीर र पत्रकार गोपाल काफ्लेले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।

गिरीले ३.३५ जीपिए ल्याएर उत्रिर्ण भएका थिए भने सोही विद्यालयबाट ३.१ जीपिए ल्याई बिशुङ्खे उत्रिर्ण भएकी थिइन्। उनीहरूको आगामी पठनपाठन गर्नका लागि थोरै भए पनि सहायता पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सो संस्थाका सचिव महेन्द्र ढुंगाना तथा पत्रकार काफ्लेले बताएका थिए ।

अहिले ति दुवै जनाले पथरीशनिश्चरे नगरपालिका०१ मा रहेको पञ्चायत नमुना माध्यमिक विद्यालयले संचालित विज्ञान विषयमा अध्ययन गर्न प्रारम्भ गरिसकेका छन्। उक्त अवसरमा लर्डबुद्ध साकोसका व्यवस्थापक गणेश बाच्छनाराई ,सचिव महेन्द्र ढुंगाना , कोषाध्यक्ष दोर्ण खड्का, चन्द्र किरातेश्वर माविका प्रधानाध्यापक हर्कराज जिमी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीहाङ राई, वडा नं ७की वडा सदस्य सपना राई , समाजसेवी विरोज मगर लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here