वहुसरोकार विवादमा द्वन्द्व रुपान्तरण केन्द्र

0
83

विमल दहाल,
इलाम।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल मन्त्रका साथ प्रकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटिसिएन) को आयोजनामा एक दिवसीय अन्तरक्रिया शनिवार सम्पन्न भएको छ।

माई नगरपालिका वडा नम्बर-२ मस्तेमा रहेको वहुसरोकार रहेको कुलो, खोल्सी तथा जग्गा विवाद रुपान्तरणका लागि पुर्व तयारी छलफल सम्पन्न भएको हो। लामो समयदेखि विवाद रहदै आएको सो क्षेत्रमा बृहत सरोकारवालको सहभागितामा द्वन्द्व रुपान्तरण सहजीकरण छलफल गरिएको प्रकृतिक द्वन्द रुपान्तरण केन्द्र इलामका स्रोत ब्याक्ति ध्रुब श्रेष्ठले जानकारी दिनुभयो।

वहाँले सार्वजनिक विवाद र वहु सरोकारवालाको विवादमा बिभिन्न चरणमा जीत जीतको अबधारणा अनुसार विवाद समाधान गरिने जानकारी दिनुभयो। श्रेष्ठले मस्ते गाँउमा रहेको जग्गा, कुलो र खोल्सी विवादले सामाजिक सम्बन्ध समेत दुषित बनाउदै गएको भन्दै वडा कार्यालयको आग्रहमा विवाद समाधानको पहल थालिएको जानकारी दिनुभयो।

छलफल अन्तरगत प्रारम्भिक सहमति निर्माण, द्वन्दमा सम्लग्नहरुको धारणा संकलन, सहमति पारितका लागि संयुक्त बैठक, सहमति कार्यान्वयन र अनुगमन, द्वन्द नक्साङ्कन, माकुरा समुह गठन, समुहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम लगायतका चरणहरु रहने छन।

कार्यक्रममा द्वन्द्व रुपान्तरण केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, झापा सहजकर्ता हिमा मगर, माई नगरपालिका वडा नम्बर- २ का वडा सदस्य ज्ञान वहादुर कटुवाल, विवादित पक्षका तर्फबाट कुमार दमाई, हरिमाया राई, नेत्र भट्टराई, गोपीलाल आचार्य, खड्ग भट्टराई, जयनारायण फुयल लगायतले विगतको अबस्था र विवादको कारणका वारेमा जानकारी गराउनु भएको थियो।

स्थानीय ५० सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको माई-२ का वडाध्यक्ष उर्द वहादुर राईको अध्यक्षता तथा प्रकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र इलामका सहजकर्ता वविता चाम्लिङको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here