पथरीशनिश्चरे,

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा मोरङ्गको लेटाङ्गमा सूचनामूलक प्रभातफेरी तथा पर्चा बितरण सहित जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
आईतबार लेटाङ न.पा. वडा नं. ३ र ४ को क्षेत्रभित्रका विभिन्न स्थानमा उक्त कार्यक्रम आयोजना गरिएको हो। लेटाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू , बिभिन्न संघसंस्थाका प्रतिनिधि , समाजसेवी, स्थानिय वासिन्दा , प्रहरी टोलीको समेत सहभागीता रहेको थियो।
ईलाका प्रहरी कार्यालय लेटाङ्गका प्रहरी नायब निरीक्षक हेम बहादुर कटुवालको कमाण्डमा खटिएको उक्त कार्यक्रममा प्रहरी तथा प्रहरी कर्मचारीहरु लगायत ७० बढिको उपस्थिति रहेको थियो।
लेटाङ नगरपालिकाको सहकार्यमा आयोजित महिला बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित सूचना मूलक Audio Jingle मार्फत सन्देश दिने जानकारी बताईएको थियो भने सोही कार्यक्रममा जनचेतनामूलक पर्चाहरू समेत बितरण गरीएको थियो।





























