कनकाई क्याम्पस पूर्वकै प्रतिष्ठित उच्च शैक्षिक संस्था

0
29

झापा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्याम्पस विश्वविद्यालय आयोग नेपालबाट क्यूएए प्रमाणपत्र प्राप्त गर्दै पूर्बकै प्रतिष्ठित उच्च शैक्षिक संस्थाका रुपमा रुपान्तरित भएको छ ।

स्नातक र स्नातकोत्तरसम्म पठनपाठन हुँदै आएको यो क्याम्पस ३३ वर्ष अगाडि स्थापना भएको र अहिले क्यूएए प्रमाण–पत्र प्राप्त गर्दै पूर्वकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रुपान्तरित भएको क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमप्रसाद चुडालले बताए ।

देशभरका करिब एक हजार चार सय क्याम्पसहरुमध्येमा उच्च गुणस्तर सुनिश्चितता प्राप्त भएका ७७ वटा क्याम्पसमध्ये कनकाई वहुमुखी क्याम्पस पनि पर्न सफल भएको बताइएको छ । विश्व विद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०७८÷०७९मा एक करोड पुँजीगत अनुदान प्राप्त गर्दै पुस्तकालय तथा कक्षा कोठा भवन निर्माण कार्य भएको अध्यक्ष चुडालले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७९÷०८०मा समेत एक करोड रुपैयाँ अनुदान प्राप्त भएकाले भवन निर्माणलाई पूर्णता दिइएको बताइएको छ । क्याम्पसले क्याम्पस प्रवेशद्वार उत्तरको करिव १४ कठ्ठा क्षेत्रफलमा उद्यान निर्माण गरेको र क्याम्पस हाताभित्र वृक्षरोपण गरिएको बताइएको छ ।

क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरेसंगै विद्यार्थीको संख्या विगतको भन्दा धेरै रहेको बताइएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको पास आउट संख्या समेत बढेर गएको पाइएसँगै क्याम्पसको शैक्षिक गुणस्तर राम्रो मान्न सकिने अध्यक्ष चुडालले बताए ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायतर्फको प्रविणता प्रमाण–पत्र तहको मान्यता पाएसंगै यो क्याम्पस २०४७ साल पुस १० गते स्थापना भएको थियो । हाल यो क्याम्पसमा विभिन्न विषयमा स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here