मोरङमा भारतीय नागरिकको शव फेला

0
40

मोरङ,

मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला परेको छ ।

सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

खानले भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here