सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0
35

मोरङ ।

मोरङ र उदयपुरको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टी पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशा तर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाईकल पछाडीबाट ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक झापाको कमल गाउपालिका–१ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको हो ।

उता उदयपुरको चौदण्डिगढी नगरपालिका–१० स्थित स्वर्गिय मदन भण्डारी स्मृती लोकराजमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको मिथिला नगरपालिका–११ का १७ बर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here