जुनकिरीका विद्यार्थीलाई टिफिन बक्स

0
37

बिर्तामोड।

टेरि मिरेस्का फाउण्डेशन युएसले जुनकिरीका विद्यार्थीहरुलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह र जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा–११का एक सयजना विद्यार्थीलाई खाजा बोक्ने टिफिन बक्स, खाजा खाने बटुका, चमेज, पानी खाने ग्लास, क्याप र स्टेशनरी गरी एक लाख बराबरको सामग्री बितरण गरेको छ ।

बिद्यालयले दैनिक स्कूलमा खाजा खुवाउने गरेको र खाजा खाने भाडा सामग्रीहरु नहुँदा विद्यार्थीहरुले पर्खनु पर्ने समस्या थियो । फाउण्डेशनले २/२ बर्षमा केही न केही सहयोग गर्दै आएको र यसपटक यी सामग्री बितरण गर्दा विद्यार्थीहरु अति खुशी भएकोमा आफूलाई हृदयबाट खुशी भएको फाउण्डेशनका अध्यक्ष टेरि मिरेस्काले बताए ।

झापा लगायत विभिन्न स्थानमा करिब ८÷१० वटा सरकारी बिद्यालयका विद्यार्थी र बालगृह, वृद्ध आश्रममा रहेका असहायहरुलाई सहयोग गर्दै आएको झापा प्रतिनिधि राजन काफ्लेले बताए । यसै क्रममा बिद्यालयमा स–साना बालबालिकाहरुलाई अति आवश्यक रहेको शौचालय र बिद्यालयको मैदानमा सिमेन्ट ब्लक लगाउन छ लाख बराबरको योजना माग समेत फाउण्डेशनका अध्यक्ष टेरिलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक रञ्जित परियारले बताए ।

कार्यक्रममा अतिथि दुर्गा काफ्ले, नरेश न्यौपाने, महारानीगञ्ज मावि बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, जनप्रतिनिधि सुशीला गिरी, गोबिन तामाङ्ग लगायतले फाउण्डेशनले गरेको सराहनीय सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए ।

चौथोपटक बिद्यालय तथा संस्थालाई सहयोग गरेकोमा टेरि मेरिस्कालाई बिद्यालय र संस्थाको तर्फबाट प्रशंसा–पत्रसहित सम्मान गरिएको छ । विद्यार्थीहरुले पर्खिएर खाजा खानुपर्ने बाध्तालाई सहज बनाइ दिएको र बिद्यालयको समस्याहरुको समाधानका योजना अनुसार आगामी दिन समेत सहयोग गर्ने प्रतिबद्धता गरेकोमा फाउण्डेशनका अमेरिका र नेपालका सदस्य प्रतिनिधिहरुलाई संस्थापक अध्यक्ष जगतबहादुर मगरले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत शिक्षक गीता खरेलले गरेकी थिइन् भने सहजीकरण प्रधानाध्यापक परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here