संस्कृतिको संरक्षणमा सूर्य ज्योति

0
40

गोपाल अधिकारी,
बिर्तामोड ।

झापाको अर्जुनधारामा रहेको सूर्य ज्योति बोडिङले सांस्कृतिका पोशाकलाई प्राथमिकता दिएको छ ।

लोक संस्कृतिको संरक्षण गर्दै नेपालका मौलिक भेषभूषालाई संरक्षण गर्ने उद्धेश्यले विद्यालयले मौलिक तथा परम्परागत भेषभूषा लगाएर आफ्नो मौलिकताको संरक्षण गर्ने उद्धेश्यले हरेक सोमबार मौलिक तथा परम्परागत भेषभूषा विद्यार्थीलाई अनिर्वाय गरेको विललयका संस्थाक रुद्ध सिटौलाले बताए ।

उनले भने– हाम्रो विद्यालयले २०८० सालको बैशाखबाट रहेक सोमबार विद्यार्थीलाई दौरा सुरुवाल, गुन्यूचाोली लगायतका मौलिक तथा परम्परागत भेषभूषा लगाएर आउन अनुरोध गरेसंगै आफ्नो जातिको पहिचान झल्कने पोशाकमा विद्यार्थी विद्यालय आउने गरेका छन् ।

आफ्नो मौलिकताको संरक्षण गर्दै आफ्नो जातिको पहिचानका बारेमा पनि विद्यार्थीलाई ज्ञान होस् भन्ने उद्धेश्यले यस्तो अभियान शुरु गरेको संस्थाक सिटौलाको भनााई छ । यसैबीच विद्यालयले सोमबार नाग पञ्चमीको अवसर पारेर सामूहिक रुपमा नाग टाँस्ने कार्यक्रम समेत सम्पन्न गरेको विद्यालयको प्रिन्सिपल गणेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीले वैद्धिक मन्त्रसहित अर्जुनधारा–४ स्थित मिलडाँडाका विभिन्न घरमा पुगेर नाग टाँसेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here