नातिनीलाई जबर्जस्ती गर्ने हजुरबुबा पक्राउ

0
31

सुनिता राई,
इलाम ।

आफ्नै १४ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।

ती व्यक्तिले आफ्नै छोराकी छोरी १४ बर्षकी [नातिनी] लाई एक वर्षयता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ ।

तीन दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए ।

आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here