प्याब्सन झापाद्वारा शिक्षा ऐनका विषयमा संस्थापक र प्रिन्सिपलसंग अन्तरक्रिया

0
67

बिर्तामोड ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले संस्थापक तथा प्रिन्सिपल भेला सम्पन्न गरेको छ ।

संघीय शिक्षा ऐन संस्थागत विद्यालय मैत्री कसरी हुनसक्छ भन्ने विषयमा संस्थापक तथा प्रिन्सिपल भेला गरेर अन्तरक्रिया गरिएको प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले जानकारी दिए । शिवसताक्षीमा बुधबार भएको कार्यक्रममा झापाका संस्थापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भएको हो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष आशिष श्रेष्ठ, नारायण प्रसाद घिमिरे, कोशी प्रदेश अध्यक्ष टीका ढकाल लगायतले संघीय शिक्षा ऐन संस्थागत विद्यालय मैत्री कसरी हुनसक्छ भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य एलपी उप्रेती, प्याब्सन झापा वरिष्ठ सल्लाहकार तथा कोशी प्रदेश सल्लाहकार मिलनकुमार ढुंगाना, प्रदेश संचिव कोषराज प्याकुरेल लगायत संस्थापक तथा प्रिन्सिपलको उपस्थिति रहेको थियो । प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिकृष्ण पाठकले गरेका थिए । प्याब्सन झापाले शिक्षा ऐनको विषयमा शिक्षासंग सम्बद्ध निकाय तथा विज्ञहरुसंग छलफल र परामर्श गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here