१० वटा विद्यालयले बुझाएनन् छात्रवृत्ति विवरण

0
29

भद्रपुर ।

भद्रपुर नगर क्षेत्रका १० वटा निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाउन अटेर गरेको पाइएको छ । भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाले ती विद्यालयहरूलाई सात दिनभित्र छात्रवृत्ति विवरण बुझाउन सूचना प्रकाशन गरी निर्देशन दिएको छ ।

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयहरू विभूति विद्या मन्दिर, मन्टेश्वरी किन्डरवल्र्ड, लोटस इङ्लिस स्कूल, मोरान मेमोरियल इङ्लिस स्कूल, मुनाल एकेडेमी, आदर्श इङ्लिस स्कूल, फुलमुन एकेडेमी, शिखर शिशु सदन, एशियन स्टार इङ्लिस स्कूल र एडभेन्टीस्ट इङ्लिस स्कूल रहेको शिक्षा शाखाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ (संशोधनसहित) र भद्रपुर नगरपालिकाको शिक्षा ऐन २०७५ले तोके बमोजिम निजी विद्यालयहरूले नियमानुसार प्रत्येक शैक्षिक सत्रमा वितरण गर्नुपर्ने १० प्रतिशत छात्रवृत्ति वितरण सम्बन्धमा चालूशैक्षिक सत्र २०८० का लागि प्रथम पटक जारी गरिएको सूचना बमोजिम यस कार्यालयमा पेस गर्नुपर्नेमा १० वटा विद्यालयले हालसम्म विवरण पेश नगरिएको हुँदा सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति विवरण पेश गर्न शाखाले आग्रह गरेको छ ।

सात दिनभित्र विवरण पेश नगरे नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने शाखाका निमित्त प्रमुख प्रेमबहादुर भुजेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here