शनिश्चरे माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
57

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले गत आर्थिक वर्ष ०७९÷०८० को सामाजिक परीक्षण प्रतिवेदन शुक्रबार एक कार्यक्रमकोबिच सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित अभिभावक भेलामा शिक्षक एवम् सामाजिक परीक्षण प्रतिवेदन प्राविधिक उपसमितिका संयोजक रुद्रप्रसाद खतिवडाले सार्वजनिक गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा विद्यालयको आर्थिक, भौतिक, शैक्षिक र व्यवस्थापकिय पक्षहरुको स्थिति विवरणहरुलाई १३ वटा बँुदा र सुझावहरुलाई १० वटा बुँदामा उल्लेख गरिएको छ ।

त्यसैगरी विद्यालयको गत आर्थिक वर्षको प्राप्ती तथा भुक्तानी विवरण तीन करोड ५६ लाख ८८ हजार सात सय २२ रुपैयाँ ३१ पैसा रहेको छ ।

जसअनुसार प्राप्तीतर्फ शुरु मौज्दात ४० लाख १८ हजार नौ सय ७३ रुपैयाँ ९२ पैसा, अर्जुनधारा नगरपालिकाबाट विनियोजन भएको दुई करोड ६७ लाख ६३ हजार चार सय १३ रुपैयाँ ३५ पैसा, राष्ट्रिय परीक्षा बोर्डबाट एक लाख १५ हजार ८२ रुपैयाँ, आन्तरिक आयबाट ४१ लाख ५४ हजार आठ सय १५ रुपैयाँ चार पैसा, गत वर्षको पेश्की असुलीबाट दुई लाख नौ हजार चार सय ३८ रुपैयाँ, सटर डिपोजिटबाट एक लाख ५० हजार रुपैयाँ र नमुना कार्यक्रम टेन्डर धरौटीबाट दुई लाख ७७ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी भुक्तानीतर्फ शैक्षिक खर्चमा दुई करोड ५५ लाख १९ हजार सात सय आठ रुपैयाँ ७४ पैसा, प्रशासनिक खर्चमा १३ लाख ३६ हजार तीन सय ५४ रुपैयाँ १५ पैसा, पेश्कीमा ४० हजार एक सय १६ रुपैयाँ, स्थिर सम्पत्तीमा ४४ लाख २८ हजार दुई सय ३८ रुपैयाँ ८५ पैसा, गत वर्षको दायित्व फर्छ्यौटमा सात लाख ४४ हजार रुपैयाँ र अन्तिम मौज्दात ३४ लाख २२ हजार तीन सय चार रुपैयाँ ५७ पैसा उल्लेख गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष कुमारप्रसाद उप्रेती, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय मुना बाँस्कोटा र सीता भारती, शिक्षक अभिभावक संघका अध्यक्ष गंगाप्रसाद भण्डारी, प्रधानाध्यापक डिल्लीनाथ गड्तौला, निवर्तमान प्रधानाध्यापक चेतामणि खनाललगायतको सहभागिता रहेको थियो ।

सहायक प्रधानाध्यापक विनोद गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक जगन्नाथ विश्वकर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here