महेन्द्र रत्न उमाविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पोखरेल

0
15

बिर्तामोड ।

झापाको बिर्तामोड–३ मा रहेको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालय अनारमनी , बिर्ताबजारको भुतपूर्व विध्यार्थी समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले राजकुमार पोखरेलको अध्यक्षतामा १५ सदस्यिय कार्य समिती सर्वसम्मतिबाट चयन गरिएको बताईको छ । २०७९ मंसीर २८ गते जिल्ला प्रसाशन कार्यालय , झापामा दर्ता भएको समाजको तदर्थ समितिलाई नै आगामी दुई वर्षको लागि पुनः सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा पोखरेलले अध्यक्षको प्रतिवेदन , स्वागत तथा कार्यक्रम माथीको प्रकाश मदनगोपाल सुब्बा र सञ्चालन मोहन शिवाकोटीले गरेका थिए । यसैगरी विध्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल , विध्यालय ब्यवस्थापन समिती अध्यक्ष टंकप्रसाद सेडाई , पूर्व विध्यार्थीकातर्फबाट गोपीकृष्ण प्रसाईं र उमा शिवाकोटीले आफ्नो भनाई राखेका थिए भने ध्रुव ओलीले पूर्व विध्यार्थीहरुको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विध्यालयकै पहिलो र एसएलसी समुह २०२७ का पहिलो विध्यार्थी हरीप्रसाद पोखरेल , पूर्व विध्यार्थी तथा श्री २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा समाजलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने संस्था तथा ब्यक्तिलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा महेन्द्र रत्न उमावी , श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी र तदर्थ समिती सदस्य नरेशकुमार न्यौपानेलाई सम्मान गरिएको थियो ।

अधिवेशन तयारी उपसमितिमा काजी बुढाथोकी , केशव प्रसाईं , कमलराज विमली र नरेशकुमार न्यौपाने रहेको बताईएको छ । निर्वाचन समितिका संयोजक खड्गप्रसाद खरेलका अनुसार उपस्थित आजिवन सदस्यहरुको सर्वसम्मतिमा मौजुदा तदर्थ समितिलाई नै बाँकी रहेका योजनाहरु पूरा गर्न थप सहयोग मिलोस भन्ने उद्धेश्यले आगामी कार्यकालका लागि चयन गरिएको छ ।

जस अनुसार अध्यक्ष राजकुमार पोखरेल , उपाध्यक्ष मदन गोपाल सुब्बा , सचिव मोहन शिवाकोटी र कोषाध्यक्ष बिष्णुमाया मैनाली रहेका छन् । यसरी नै सदस्यहरुमा काजी बुढाथोकी ,डा। लक्ष्मीप्रसाद मैनाली , बिनोद गौतम , केशव प्रसाईं , रुपक गोदार थापा , कमलराज विमली , वेदप्रकास न्यौपाने , वीरबहादुर दर्नाल , ईन्द्रसिंह राजवंशी , नरेश न्यौपाने र लिला अनमोल उप्रेती रहेको निर्वाचन समिती सदस्य युवराज कट्टेलले बताए ।

समाजले तदर्थ रहेकै बेला विध्यालयकी सेवा निवृत्त गुरुआमा नीरा प्रधानको जन्मोत्सव कार्यक्रम , २०७९/८० को गुरु पूर्णिमाको अवसरमा जेष्ठ गुरुहरु तथा दुई जना पूर्व कर्मचारी जसबहादुर राई र उनकी श्रीमती ज्ञानु राईलाई सम्मान गरेको छ ।

समाजले देश विदेशमा रहेका पूर्व विध्यार्थीहरुबाटको स्वतस्फुर्त आर्थिक सहयोगमा अक्षयकोषको स्थापनाको कार्य निरन्तर गरिरहेको छ भने सबै पूर्व विध्यार्थीहरुलाई आजिवन सदस्य लिएर अक्षयकोष वृद्दीमा सहयोग गर्नसमेत आव्हान गरेको छ । झापा जिल्लाकै एक नमुना विध्यालय निर्माणमा सहयोग पुर्याउने समाजको भिजन रहेको अध्यक्ष पोखरेलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here