सम्मान र स्मरणको पर्व

0
13

प्रकृतिको पूजा गर्ने वैदिक सनातन परम्परा अनुसार आज कुशे औंशी पर्व मनाइँदैछ । वर्षभरि गरिने देव तथा पितृ कार्यका निम्ति अनिवार्य पवित्र कुश आजकै दिन घर–घरमा भित्र्याउने गरिन्छ । प्रत्येक भदौ कृष्णपक्षको औंशीका दिन मनाइने यो पर्वमा ब्राह्मण पुरोहितहरुले आफ्ना यजमानकहाँ पु¥याउने कुश घरमा राखियो मात्रै भने पनि परिवारको कल्याण तथा रक्षा हुने धार्मिक विश्वास रहेको छ । यही विश्वास अनुसार प्रत्येक वर्ष आजकै दिन उखालेको कुश मात्रै वर्षभरिका पर्वहरुमा प्रयोग गर्न पाइने शास्त्रीय मत छ । सनातन धर्मावलम्वीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रुपमा मान्छन् । वैज्ञानिक रुपले परीक्षण गरी अत्यन्त उपयोगी प्रमाणित भएको कुश धारण र प्रयोग गर्दा यसले वातावरणमा भएका नकारात्मक तरंग र विकिरणहरुलाई निस्तेज पार्ने निष्कर्ष निकालेको छ ।

आजको दिन बुवाको मुख हेर्ने दिनका रुपमा समेत सुपरिचित छ । सनातनी संस्कृतिमा आमा, बुवा, गुरु र अतिथिलाई ज्यूँदा देवता मानिन्छ । विश्वको जुनसुकै धर्म र समाजमा बुवाको भूमिका र जिम्मेवारी आफ्ना सन्तानको यथोचित सुरक्षामा केन्द्रीत हुन्छ । तिनै बुवा जसले आफ्ना इच्छा र आवश्यकतालाई लुकाएर सन्तानको खुशीका लागि जीवन समर्पण गरेका हुन्छन्, तिनको योगदानप्रति श्रद्धानत् हुन यही दिनले सजग गराउँछ । त्यहीकारण सन्तान आ–आप्mना बुवालाई ृमिठा वस्तु खुवाएर, नयाँ वस्त्र दिएर, बुवाको सेवाप्रति अनुग्रहित हुने प्रयत्न गर्छन् । त्यस्तै भौतिक रुपले बुवा नहुनेहरुले बुवाको सम्मानमा विभिन्न देवस्थलमा गई पितृश्राद्ध गरेर आध्यात्मिक चिन्तन अनुसार बुवाप्रति श्रद्धा व्यक्त गर्छन् ।

यही दिन अर्को महत्वपूर्ण पर्व समेत जुरेको छ । अर्थात् नेपाली साहित्यका आकाशमा युवाकविको सम्मान प्राप्त गरेका मोतीराम भट्टको जन्मदिन आज विविध कार्यक्रम गरेर उनको योगदानप्रति सम्मान व्यक्त गरिन्छ । रिपुमर्दिनीदेवी र पं. दयाराम भट्टका सन्तानका रुपमा जन्मिएका उनले भारतको बसाइमा साथीहरुको प्रेरणाबाट नेपाली साहित्यको सेवा गर्ने लक्ष्य बनाए । त्यही बसाइमा उर्दू साहित्यको अध्ययन र प्रभावले नेपाली साहित्यमा पहिलो गजलकारको परिचय पनि बनाए । आफू आफैं साहित्यकार हुँदाहुँदै भानुभक्त आचार्यलाई प्रथम कवि बनाउने उनको त्यागको आज पनि त्यत्तिकै प्रशंसा गरिन्छ । नाम जत्तिकै अत्यन्त उज्ज्वल साहित्यिक नक्षत्र मोतीराम भट्ट समेतको स्मरण गरिने आजको पावन दिनले नेपाली र खासगरी सनातन संस्कृतिका उपासकहरुलाई सत्मार्गमा अविचल रहने सद्बुद्धि र सामथ्र्य प्रदान गरोस्, त्रिदिवसीय पर्वको सबैलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here