अझैसम्म जताततै चिनियाँ नाकाबन्दी , सांसद छिरिङ तामाङले दिईन ज्ञापनपत्र

0
11

काठमाडौं ।

जुम्लाकी सांसद छिरिङ ल्हामु तामाङले कर्णाली प्रदेशको मुगु जिल्लाबाट चीनको तीब्बत जोड्ने कार्मारोङ गाउँपालिकाको नाक्च्या भनझ्याङ नाका खोल्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएकी छन् ।

जुम्लाकी प्रतिनिधिसभा तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएकी हुन् ।

प्रधानमन्त्री प्रचण्ड आउदो असोज ५ गते चीन भ्रमणमा जाँदैछन् । त्यही अवसरमा मुगुको कार्मारोङ गाउँपालिकाकाबाट पैदल हिडेर ५ घण्टामा पुगिने गरी सीमा जोडिएको नाक्च्या भनझयाङ नाकालाई पूर्ण सञ्चालनमा ल्याउन र चीन सरकारसँग अन्तरदेशीय यातायात तथा व्यापार सम्झौता र सहकार्य गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

‘नाक्च्या भन्झ्याङ नाकाहुँदै तिब्बतको कैलाश मानसरोवर अत्यन्तै छोटो दूरी पर्ने भएकोले यस नाकालाई सञ्चालनमा ल्याउन सकिएको खण्डमा चिनीयाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन समेत सकिने । क्षेत्रको आर्थिक सामाजिक तथा भौतिक पुर्वाधारमा विकास हुनेछ,’ ज्ञापनपत्रमा उल्लेख छ । आयोमेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here