विपन्न माझीका परिवारलाई आर्थिक तथा स्टेशनरी सामग्री प्रदान

0
12

पथरी शनिश्चरे,

पथरी शनिश्चरेस्थित क्रेएटिभ लेडिजद्वारा विपन्न माझीका परिवारलाई आर्थिक तथा स्टेशनरी सामग्रीहरू हस्तान्तरण गरिएको छ।

शनिबार लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडीज ले पथरी शनिश्चरे वडा नं. ८ निवासी विपन्न तथा बिमारी हर्क बहादुर माझीलाई उपचारको लागि १५ हजार ५ सय ५ रूपैयाँ नगद सहयोग र स्टेसनरी लगायत हस्तान्तरण गरिएको थियो।

सोहि अवसरमा बिमारी माझीका बाल बच्चाहरू पठन पाठनका लागि ति सामग्रीहरू प्रदान गरिएको थियो। उक्त अवसरमा प्रमुख अतिथिको रुपमा नगरकी उपमेयर देवी माया काफ्ले, ८ नं. का वडा अध्यक्ष नवीन जंग कार्की, वडा सदस्य जनप्रतिनिधि, तथा लायन्स लिडरहरूको उपस्थिति रहनुभएको थियो।

उक्त अवसरमा नगरकी उपमेयर लायन देवीमाया काफ्ले , जोन चियर पर्सन लायन देवी राई तथा कार्यक्रमकी अध्यक्ष लायन शारदा देवि बस्नेत सहित तीनै जनाले एकमुष्ट रूपमा सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

साथै, जोन चियर पर्सन लायन देवी राईले उक्त परिवारका ५ जना मसिना बालबालिकाका लागि केही दिन भित्रैमा आंङ ढाक्ने लत्ताकपडाहरू समेत प्रदान गरिने जनाकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here