कनकाई क्याम्पसमा नयाँ समितिको सपथ

0
24

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको नयाँ समितिको पदबहाली तथा सपथ ग्रहण गरिएको छ ।

हालै निर्वाचित क्याम्पस सञ्चालक समिति र लेखा समितिका पदाधिकारीको पद बहाली तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

क्याम्पसका पूर्व अध्यक्ष तथा अग्रज शिक्षासेवी चन्द्रप्रसाद मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेलले सर्वसम्मत गठित संञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद चुडाल (प्रकाश), उपाध्यक्ष खडग प्रसाई, कोषाध्यक्ष नारायणप्रसाद पोखरेल, सदस्यहरु शम्भुप्रसाद पोखरेल, खगेश्वर उप्रेती, विष्णुप्रसाद बिमली, अञ्जु थपलिया, इन्दिरा बिमली प्रसाई, चम्पा सुवेदीलाई सपथ गराएका थिए ।

त्यसैगरी, लेखा समिति संयोजक भवानीप्रसाद लुईटेल, सदस्यहरु हिरण्यकुमार राई र कृष्णप्रसाद घिमिरेलाई पनि सपथ गराइएको थियो । निर्वाचन सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा कर्णबहादुर डाँगी र क्याम्पस प्रमुख प्रमुख विकासप्रसाद उप्रेती सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति बनेको थियो ।

सो कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट शिव कडेँल, पूर्व क्याम्पस प्रमुख त्रिलोचन मैनाली, जनता समाजवादी पार्टी कनकाई नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, कनकाई नगरपालिका–३ का वडाअध्यक्ष युवराज चम्लागाई, ५ का वडाअध्यक्ष कृष्ण राई, स्ववियु सभापति चेतन आचार्य, प्राध्यापक इकाई समितिका सभापति तुलसी कार्की, कर्मचारी संगठनका अध्यक्ष हरिप्रसाद ढकाल र क्याम्पस सञ्चालक समितिकी सदस्य समेत रहेकी झापा गाउँपालिकाकी कार्यकारी अध्यक्ष अन्जुदेवी थपलियाले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्याम्पसका सहायक प्रमुख शेरबहादुर बानियाँले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here