मेघाबारी टोलमा योग शिविर शुरु

0
17

बिर्तामोड ।

समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी टोलमा योग शिविर शुरु भएको छ ।

टोल विकास संस्थाको आयोजनामा आइतबारदेखि शिविर शुरु भएको हो । समुन्नत समाज निर्माणका लागि स्वस्थ नागरिकको परिकल्पना गर्दै योग शिविर सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष भक्ति पाठकले जानकारी दिए ।

पहिलो दिनको औपचारिक उद्घाटन कार्यक्रम श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरमा गरिएको र आजको योग अभ्याससमेत मन्दिरमा नै गरिएको टोल विकास संस्थाका सहसचिव दिनेश अधिकारीले बताए । सोमबारदेखि नियमित कक्षा मेघाबारी टोल विकास रोड नम्बर ७ स्थित अदुवा पुलसँगै रहेको नेवाः पासा मुना पुचःको सामुदायिक भवनमा सञ्चालन हुने उनले जानकारी दिए ।

संस्थाले सामुदायको लागि सामान्य पानी र बिद्युत महशुल तिर्ने गरी भवन उपलब्ध गराएको छ । उक्त हलमा करिब १ सय जनाले एकै पटक योग गर्न मिल्ने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजकी प्रशिक्षक अनिता रेग्मीले प्रशिक्षण दिने संस्थाले जनाएको छ ।

उद्घाटनका दिन दुई दर्जन बढीको सहभागिता रहेको थियो । योग कक्षामा सहभागि हुन चाहनेहरुले आफ्नो लागि आवश्यक म्याट लिएर विहान साढे ४ बजे आउन सकिने टोल विकास संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here