ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
10

झापा।

झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री दोलखा कालिन्चोकका ५१ बर्षीया देवीमाया थामीलाई ठक्कर दिँदा घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक र चालक सुनसरीगढी गाउँपालिका–४ का ३९ बर्षीय रमेश चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here