पथरीशनिश्चरे २ र १० मा दुईटा ट्रान्सफर्मर

0
11

पथरी शनिश्चरे,

पथरी शनिश्चरे २ र १० मा दुई वटा ५० केभी ट्रान्सफर्मर जडान भएका छन्।

पथरी शनिश्चरे २ को हस्पिटल लाईनमा ५ लाख मुल्य बराबरको ५० केभी ट्रान्सफर्मर जडान भएको हो भने वडा नं १० को जिरीखिम्तीमा अर्को एक सोहि क्षमताको निम नामक ट्रान्सफर्मर जडान भएको हो।

नगरअस्पताल मार्गमा पर्ने शान्ति चोकदेखि छ्यालिस बिघे मार्ग सम्मको विद्युत उपभोक्ताहरूका लागि विद्युत सेवा उपलब्ध हुनेछ। नेपाल विद्युत प्राधिकरण उर्लावारी शाखाद्वारा वडा नं ०२ र १० जिरीखिम्तीका उपभोक्ताहरूका लागि ५०/५० केभी ट्रान्सफर्मरहरू जडान भएका छन्।

यस शाखाबाट रतुवामाई , पथरीशनिश्चरे , उर्लावारी सहित ३ नगरपालिका र मिक्लाजुङ गाउँ पालिकाभित्र गरी कूल ८ वटा ट्रान्सफर्मरहरू जडान गर्ने कार्य भैसकेको छ। पालिकाभित्रका विभिन्न स्थानमा पोल गाड्ने, तार विस्तार गर्ने र ट्रान्सफर्मर जडान गर्ने ठेक्का पाएको आरूसी कन्ट्रक्सनका अर्जुन तिम्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here