प्याब्सन अर्जुनधाराको शुभकामना आदानप्रदान

0
12

अर्जुनधारा ।

विजयदशमी, शुभदीपावली, नेपाल सम्वत् ११४३ एवम् छठ पर्व–२०८०को अवसरमा निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्कीले उद्घाटन गरेका थिए ।

अध्यक्ष सिटौलाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रममा प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार बालगोपाल गौतम, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राई, अध्यक्ष रमेश समदर्शी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राजन वाग्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here