महागुरु फाल्गुनन्द लिङदेनको १३८ औं जन्मजयन्ती चिल्लागढ़ धाममा मनाइने

0
12

कमल ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३८ औं जन्मजयन्ती यो वर्ष झापाको शिवसतासी नगरपालिका ९ स्थित ऐतिहासिक चिल्लागढ़ धाममा मनाउनका लागी सम्पूर्ण तयारी पुरा भएको छ ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती आगामी २०८० साल कात्तिक २५ मनाउने र सो अवसरमा ऐतिहासिक चिल्लागढ़ धाममा निर्माण गरिएको किराँतेश्वर हाङसाम महामहिमको समुद्घाटन एवम् राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गर्ने बारे आज (शनिवार) बिहान कार्यक्रम हुने स्थान ऐतिहासिक चिल्लागढ़ धाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिइएको हो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३८ औं जन्मजयन्तीका अवसरमा ऐतिहासिक चिल्लागढ़ धाममा निर्माण गरिएको किराँतेश्वर हाङसाम माङहिमको समुद्घाटन एवम् राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पुर्ण कदको सालिक अनावरण प्रधानमन्त्री पुष्पकमल दाहाल तथा किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त वाहुली बाट हुने छ ।

त्यसैगरी राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनका नाममा र विश्व मानव चराचर प्राणीको शान्तिको कामना गर्दै ऐतिहासिक चिल्लागड पोखरीको वरिपरि १ लाख ८ हजार १ सय ८ दीप प्रज्वलन गरिने छ । सो कार्यक्रमलाई भव्य र सफल बनाउन झापा, मोरङ र सुनसरी लगायत देश विदेश बाट समेत विशिष्ट पाउना हरु आउने कार्यक्रम रहेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

कार्यक्रम किराती हरुको मात्र नभएर सबै जातजातिको भएकोले यसलाई भव्य र सफल बनाउन १ हजार ३९ जनाको मूल आयोजक समितिका साथै विभिन्न उपसमिति गठन गरिएको छ । सबै समितिले आ आफ्नो जिम्मेवारी अनुसार कार्यम लाई भव्य र सफल बनाउन लागिपरेको चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापोले बताए ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा स्थानीय लोक नृत्य,विभिन्न झाँकी प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकार बाट सांस्कृतिक कार्यक्रम प्रस्तुती, पुस्तक विमोचन लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

किराँतेश्वर हाङसाम माङहिमकामा अध्यक्ष जितीहाङ्ग ताक्मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीलाई सह सचिव किरण लिङ्गदेनले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए भने सचिव चन्द्र लिङ्गदेनले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here