केर्खामा लाईभ कन्सर्ट

0
8

कमल ।

पुनर्जीवन प्रतिष्ठान नेपाल र सोल व्याण्डको संयुक्त आयोजनामा कमल गाउँपालिकाको केर्खामा लाईभ कन्सर्ट सम्पन्न भएको छ ।

कोजाग्रत पुर्णिकाको अवसर पारेर गरिएको कन्सर्टमा लागु औषध प्रयोग गर्नुहुँदैन र प्रयोगकर्तालाई समेत सम्मान र मायाले बदल्न सकिन्छ भन्ने उदेश्यकासाथ कार्यक्रम आयोजा गरिएको आयोजकले बताएका छन् ।

कन्सर्टमा सोल व्याण्डका साथै स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा लागू औषध सम्बन्धी सचेतना मुलक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला, स्थानिय संघ सस्थाका प्रतिनिधीका साथै कमल र चुलाचुली गाउँपािलकाका हजारौ युवायुवतीको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here