कनकाई नगरपालिकामा बिजुलीको ट्रान्सफर्मर चोरी

0
100

झापा ।

झापाको कनकाई नगरपालिकामा बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।

कनकाई – ५ को चप्रामारी भगवती स्कुल पूर्वपट्टि रहेको बिजुलीको ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । एक सय केभीको सो ट्रान्सफर्मरबाट स्थानीय किसानले सिँचाइ गर्दै आएका थिए । सिँचाइका लागि दिइएको सय केभीको ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरण अनार मनि वितरण केन्द्रका इन्जिनियर विभव पौडेलले बताए ।

उनले पहिलो पटक ट्रान्सफर्मर चोरी भएको जानकारी दिए । सो ट्रान्सफर्मरको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।

त्यस क्षेत्रमा विगत केही समय अगाडिदेखि मोटरहरू हराउँदै आएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here